|

काठमाडौं : ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्। 

फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्।

आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए। 

आइतराजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.