|

गुल्मी : गुल्मीमा चट्याङ लागेर एक जना बृद्धाको मृत्यु भएको छ। अबिर वर्षा सगै परेको चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका वडा नं. ४ अर्खाबाङ निवासी ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

चट्याङ लागेर सोही ठाउँका तीन जना घाइते भएका छन्। घाइतेहुनेहरुमा १८ वर्षीय लोकेन्द्र केसी, १० वर्षीय शरदा केसी र १५ वर्षीय टिका केसी रहेका छन्।उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घरमै बसेको अवस्थामा परेको चट्याङबाट वृद्धाको घटनास्थलमै मृत्यु भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.