|

लुम्बिनी : २५६१ औ बुद्ध जयन्तीको अवसरमा मायादेवी प्रगतिशिल आमा समुहको अगुवाइमा लुम्बिनीमा सरसफाई गरिएको छ। सरसफाईमा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, सशस्त्र प्रहरी ,इलाका प्रहरी, दंगा नियन्त्रण गण, बौद्ध महिला समुह लगायत विभिन्न संघसस्थाको सहयोग तथा सहभागिता थियो। 

महिलवारचोक देखि चार नम्बर गेट तथा मायादेवी गेटदेखि राजकिय बुद्ध बिहार तथा मायादेवी मन्दिर परीसरमा सरसफाई गरियो। सरसफाईपछि समापन कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख यम बहादुर कुँवरले लुम्बिनीलाई स्वच्छ सफा राख्नका लागि सबैले सहकार्य गर्नुपर्ने बताए।

डम्पिङ साइड नहुँदा नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न मुस्किल भएको उनले बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत सब्बिर खानले व्यवसायीहरुले लुम्बिनी विकास कोषको परिसरमा फोहर फाल्नाले समस्या सिर्जना भएको बताए। 

सशस्त्र प्रहरी कार्यालय लुम्बिनीका डीएसपी दर्शन गिरीले सरसफाई र फोहरमैला व्यवस्थापनमा सबैको हातेमालो जरुरी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.