|

रमेश पराजुली-

    सिन्‍धुपाल्चोक : सिन्‍धुपाल्चोकमा स्थानीय तह निर्वाचनको शान्तिपूर्ण ढंगले सञ्चालन भइरहे छ। निर्वाचनमा अप्रिय घटना हुन नदिने सिन्धुपाल्चोकमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

    मतदाता बिहानैदेखि मतदान गर्न विशेष उत्साहका साथ मतदान केन्द्र आएको देखिएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया चल्ने आयोगले जनाएको छ।  जनताले चाहेको आफ्नो गाउँ र नगरपालिकाको विकास गर्न सक्षम नेतृत्वलाई मतदान गरि विजयी गराउनेछ। यो आफ्नो नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसर हो।

    स्थानीय तहको पहिलो निर्वाचनमा कुन पार्टीले नेतृत्व समाल्छ भन्ने जनताको हातमा छ। जिल्लामा प्रमुख चार पार्टीले नेतृत्व तहमा आफैं पुग्ने दाबी गरिरहेका छन्। स्थानीय तहको निर्वाचनपछि जनताले आफ्नो गाउँपालिका र नगरपालिकाबाट सम्पूर्ण सेवा पाउँनेछन्।

    नागरिता बनाउनेदेखि विद्यालय खोल्ने अधिकार सबै गाउँपालिका र नगरपालिकालाई नै दिइएको हुन्छ। यसोहुँदा जनताले सरकारी कामकाजका लागि सदमुकामसम्म धाउनुपर्ने झन्झट टर्छ।

    भूकम्पपीडित जनतालाई आफ्नो दुःख पीडालाई मनभित्र गाँठो पारेर भए पनि स्थानीय तहको निर्वाचनमा सरिक भएका छन्। सामान्य रुपमा भन्नुपर्दा जनताहरुलाई एउटा महान् पर्व आएको जस्तै भएको छ।

    टिनले बारेको टहरामा समेत पार्टीको झण्डा राखेर आफ्नो गाउँ ठाउँको विकासका लागि सक्षम नेतृत्व छनोट गर्न लागिरहेका छन्। सिधै भन्नुपर्दा सिंहदबार केन्द्रित अधिकारलाई पहिलोपटक विकेन्द्रीकरणको पूर्ण कार्यान्वयनमार्फत संविधानले नै ती अधिकार स्थानीय तहलाई पुग्नेछ।

    स्थानीय तहमा तोकिएका कर्मचारीले संवैधानिक रुपमा व्यवस्था गरिएका हुन्छ। स्थानीय निकाय हुँदाजस्तो सचिव खोज्न स्थानीयवासीले सदरमुकामका होटल चाहार्नुपर्ने समस्या टर्छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.