|

इनरुवा : सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते छन्।  

मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बि आर ४३ पी १२७१ नम्बरको स्कारपिओ एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको तथा १० जना घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

गम्भीर घाइते भएका सबैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.