|

दैलेख : दैलेखको पूर्वी भाग भगवतीमाई गाउँपालिका र पश्चिममा पर्ने आठविस नगरपालिकाको राकम कर्णालीसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखखण्डमा १ सय २५ किलोमिटर पर्छ। लोकमार्गको तीव्र गतिमा निर्माणसँगै यहाँका विभिन्न स्थानमा शहरीकरण बढ्न थालेको छ।

जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो। लोकमार्गअन्तर्गत दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटरमध्ये हालसम्म करिब ८० किलोमिटर कालोपत्रे भइसकेको छ।

हालसम्म दैलेखखण्डमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको १ सय २५ किलोमिटरमध्ये ८० किलोमिटरमा कालोपत्रेको काम सकिएको र बाँकी खण्डमा भदौपछि कामको गति तीव्र हुने आयोजना कार्यालय दैलेखका सूचना अधिकारी हरिस जोशीले बताए।

लोकमार्गको तीव्र गतिमा भइरहेको निर्माणसँगै दैलेख प्रवेश गर्ने पूर्वी भाग जाजरकोटदेखि पश्चिम अछामसम्मको यात्रा सहज भएको छ। लोकमार्गले दैलेखका ११ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तह समेटेको छ।

दैलेखका ७ स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँठीकाँध गाउँपालिका र आठविस नगरपालिकाका भूभाग समेट्दै लोकमार्ग सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला प्रवेश गरेको छ।

पहाडी जिल्लाहरू लोकमार्गसँग जोडिएसँगै यहाँको कृषि उत्पादन बजारीकरण गर्न सहज भएको किसानहरू बताउँछन्। लोकमार्ग निर्माणसँगै यहाँका पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्दै गएको छ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.