|

  • मणिलाल विश्वकर्मा-

लहान: सिरहाको कल्याणपुर नगरपालिकाकी १३ वर्षकी एक बालिका बलात्कृत भएकी छन्। 

आफ्नै घरमा सुतिरहेका बेला मादक पदार्थ सेवन गरेर आएका २३ वर्षका सरोज मण्डलले बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेर फरार भएका हुन्। 

आफ्नी बहिनीसँग सुतिरहेका बेला बहिनीलाई कुटपिट गर्दै धम्क्याएर बालिकाको मुखमा कपडा कोची जबरजस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायव निरीक्षक बैजुकुमार योगीले जानकारी दिए। योगीका अनुसार पीडित बालिकाको बयानका आधारमा स्वास्थ्य परीक्षण गरी फरार रहेका युवकको खोजी भइरहेको छ। 

पीडित बालिकाकी आमाको पाँच वर्षअघि निधन भएको र बाबु पनि एघार महिनाअघि वैदेशिक रोजगारीमा गएकाले पीडित बालिका बहिनीसँग काका÷काकीको निगरानीमा आफ्नै घरमै बस्दै आएकी थिइन्। 

बाबु विदेशमा रहेकाले घटना गाउँमै मिलाउन चर्को सामाजिक दवाब आएपछि काका÷काकी पनि घर छोडेर हिँडेकाले घटनाको उजुरी पर्न नसकेको जनाइएको छ। प्रहरीले पीडित बालिकाका आफन्त र घटनामा संलग्न युवकको पनि खोजी गरिरहेको जनाएको छ। 

जघन्य अपराधको रूपमा रहेको बलात्कारको घटनालाई गाउँमै मिलाउन राजनीतिक दलका स्थानीय नेताहरूले आफन्तलाई दवाब दिए पनि पीडित तयार भएनन्। घटना गाउँमै मिलाउन युवकका आफन्तले पीडितलाई पाँच लाख रुपैयाँसम्म दिन तयार भएको बताइएको छ। 

युवकको विवाह रद्द

अबोध बालिकालाई बलात्कार गरेर फरार भएका मण्डलको छिमेकी गाउँ अर्नामाकी युवतीसँग जेठ ४ गते बिहीबार हुन लागेको विवाह घटना सार्वजनिक भएपछि रद्द भएको छ।

स्थानीय गाउँलेहरूका अनुसार गाउँलेहरूले नै युवतीको घरमा ‘हुनेवाला ज्वाइँले’ बलात्कार गरेको खबर पु¥याएपछि केटी पक्षले विवाह रद्द गरेको हो। प्रहरीका अनुसार बलात्कारमा संलग्न युवकका परिवारका बाबुआमा पनि फरार भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.