|

सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ। पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो। 

कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ। नमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए।

जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्य देखिएको छ।  सिमकोट डिपोमा लागि गत आर्थिक वर्षको चार हजार र ढुवानी हुनु बाँकी ६०० क्विन्टल पर्ने चार हजार ५०० सय क्विन्टल चामल समयमा ढुवानी नहुँदा समस्या आएको आचार्यले बताए ।

चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट ४ हजार र हवाइमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ। जिल्लाका ७ वटा गाउँपालिकाका विभिन्न स्थानमा रहेका ९ वटा बिक्री केन्द्र छन्।

ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि २ हजार ५ सय, देउली बिक्री केन्द्रका लागि ५ सय, सर्केगाड बिक्री केन्द्रका लागि २ हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि १ हजार, याल्वाङ केन्द्रका लागि ५ सय र लिमि केन्द्रका लागि ५ गरी जिल्लामा लागि २० हजार ५०० क्विन्टल चामल स्वीकृत भई ठेक्का प्रक्रिया अघि बढेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। 

दसैँ तिहारलगायत अन्य चाडपर्वमा चामलअभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिएको उनले बताइन् ।

अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६०० क्विन्टल चामलमध्ये ६०० क्विन्टल समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन। गत वर्ष नेपालगञ्ज बाट दुई हजार र सुर्खेतबाट दुई हजार क्विन्टल चामल थप भएको भए पनि नेपालगन्जबाट एक÷एक हजार र सुर्खेतबाट एक\एक हजार गरी दुई\दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयरलाई दिइएको थियो।

चालू आर्थिक वर्षमा सीता एयरले नेपालगन्जबाट एक हजार क्विन्टल ढुवानी जिम्मा लिएर एक सय क्विन्टल मात्र ढुवानी गरेका र बाँकी ९०० सय नेपालगञ्जबाट र एक हजार सुर्खेतबाट गरी एक हजार ९०० क्विन्टल र समिट एयरले पुरानो, ६ सय नेपालगञ्जबाट एक हजार र सुर्खेतबाट एक हजार गरी २ हजार ६०० क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएको छ ।

एयरलायन्सले वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको बताएका छन्। मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.