|

मनाङ : कोभिड–१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ।

२०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आवतजावत शून्य थियो। हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ। 

पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहिलो सातासम्म कुल तीन हजार ८१८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए। यो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला ६१४ भित्रिएका छन्। अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उनले बताए। 

चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका ४२८, जर्मनीका १४९, स्पेनका १३४, बेलायतका १३०, फ्रान्सका १२२, अमेरिकाका १०८ र अन्य देशका ८७३ पर्यटक मनाङ घुम्न आएका छन्। गत आवमा यो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए।

पर्यटकलाई स्वागत

यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मंगललबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो।

पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.