|

पर्वत : बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुरमार नेपालीले वडा नं. १ बुर्तिवाङमा रहेको  उत्तरगंगा माध्यमिक विद्यालयमा ३ लाख ५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

नवनिर्वाचित प्रमुख नेपालीले विद्यालयको ४९ औं वार्षिकोत्सवमा भएको कार्यक्रममा गरिब दलित एवं जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्‌याउन अक्षयकोष स्थापना गरेको बताए।

अाफूले पढेको साे विद्यालयको प्रगतिका लागि संधै लागिरहने भन्दै उनले शैक्षिक स्तरवृद्धिका लागि सबै शिक्षक, कर्मचारी र अभिभावक एकताबद्ध हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.