|

पर्सा : वीरगञ्जको जयमाँ दुर्गा रोड क्यारियर्स (ट्रान्सपोर्ट) बाट छुटेका तीनवटा मालवाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बिल विजकमा नभएको राजस्व छलीको सामानसहित गन्तव्यतर्फ जाँदै गरेका ती ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीन वटा ट्रकसहित राजश्व छलीका मालसामानको बजार मूल्य १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ रहेको सशस्त्र प्रहरी बल गण नम्बर १३ का सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले बताए।

राजस्व छलीको अवैध मालसामान लिएर गन्तव्यतर्फ जाँदै गरेका ३ वटा मालवाहक ट्रकलाई आर्थिक नगरी वीरगन्जको स्थानीय जयमाँ दुर्गा रोड क्यारियर्स (ट्रान्सपोर्ट) बाट छुटेको खुलेको उनको भनाइ छ।

बिल विजकभन्दा बढी मालसामान लिएर गन्तव्यतर्फ हिँडेका ट्रकहरूमा ना ३ ख १००९ नम्बरको, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरका अवैध सामान लोड गरिएका ट्रक रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

ती तीनवटै मालवाहक सवारीलाई सशस्त्र प्रहरी बल विओपी रामगढवा र सिर्सियाको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल गण नम्बर १३ का प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

ना ३ ख १००९ नम्बरको ट्रकमा १० लाख ५४ हजार ६ सय ३६ को अवैध मालसामान भेटिएको छ।

त्यसै गरी ना ६ ख ७१ नम्बरको मालवाहक सवारीमा ९ लाख ३२ हजार ६ सय ८० रुपैयाँ र ना ६ ख १८७८ नम्बरको ट्रकमा पनि ३ लाख ६१ हजार र ५ सय ३७ रुपैयाँको अवैध मालसामान भेटिएपछि त्यो सामान लोड गरिएका तीनवटा ट्रक पनि नियन्त्रणमा लिएर त्यसको पनि बजार मूल्य कायम गरी कुल १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ कायम गरी थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयासम्म पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

ती ट्रकहरूमा कस्मेटिकका सामान, लेडिज जुत्ता, स्टेशनरी र इलेक्ट्रिकका सामान लोड गरिएको भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.