|
प्रतीकात्मक तस्विर

पर्सा : प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ। 

बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.