|

महोत्तरी : जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले प्रहरीकै अगाडि कुटेर वृद्धको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०५५ वर्षीय सुरेन्द्र राउतले कुटेर हत्या गरेका छन्।

बुधबार अपराह्न साढे ४ बजेतिर गाउँभन्दा ५०० मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागुपदार्थ सेवन गरेका सुरेन्द्रले मुक्का र लात्तीले हिर्काउँदा घटनास्थलमैउनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेऊमै व्यापार गरी बसेका हरिदेवलाई सुरेन्द्रले अचानक गालीगलौज गरी  कुटपिट गरेका थिए। यस क्रममा वृद्ध हरिदेवले त्यहाँ खटिएका प्रहरीसँग गुहार पनि मागेका थिए। तर प्रहरीले वास्ता नगरेको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थानीयवासीले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.