|

महोत्तरी : जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

मटिहानी नगरपालिका–८ बस्ने २९ वर्षीय महेश यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।

भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बण्डलमा १७ लाख (नेपाली २७ लाख २० हजार रुपैयाँ) सहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लसहितको टोली मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरेको हो। 

पक्राउ परेका महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.