|

काठमाडौं : कांग्रेस-माओवादी र संघीय गठबन्धनबीच ३ बुँदे सहमति भएको छ। नयाँ सरकार गठन प्रक्रियामा सहभागी हुनुपूर्व भएको त्रिपक्षीय वार्ताका क्रममा उनीहरुबीच ३ बुँदे सहमति भएको हो। 

कांग्रेस-माओवादी र संघीय गठबन्धनबीच अब बन्ने नयाँ सरकारले आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने र दमनको छानविन गर्न उच्चस्तरीय संयन्त्र गठण गर्ने, संविधान संशोधन गरेर माग सम्बोधन गर्ने र संघीय गठबन्धनले प्रचण्डलाई मत हाल्ने तर तत्काल सरकारमा नजाने सहमति भएको छ। 

पत्रकारहरूसँग कुराकानी गर्दै सद्भावनाका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने सहमति भएको बताएका छन्।

उनले आफूहरू तत्काल सरकारमा नजाने र कांग्रेस-माओवादीसँग भएका सहमतिलाई कार्यान्वयनमा जोड दिने उल्लेख गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.