|

त्रिशूली : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

दुर्घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बेतिनीबाट यात्रु लिएर काठमाडौं जान लागेको ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौं जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खसेको हो। चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाएको जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.