|

इराकको राजधानी बग्दादमा गरिएको आत्मघाती बम विस्फोटमा २० जना मारिएका छन्। शुक्रबार मुसायिव सहरमा गरिएको विस्फोटमा ३४ जना घाइते भएको अलजजीराले लेखेको छ।

इराकको गृहमन्त्रालयका प्रवक्ताले घटनाबारे जानकारी दिदै भने, 'मुसायिव बजारमा एक आत्मघाती बम बोकेको व्यक्तिले आफैलाई विस्फोट गराउदा २० सर्वसाधारणको निधन भएको छ।' घटनामा परेर ३४ जना अस्पताल भर्ना गरिएका प्रहरी अधिकारीले बताएका छन्।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे गरिएको विस्फोटको जिम्मेवारी आतंककारी समूह स्लामिक स्टेटले लिएको छ। मुसायिव सहरमा विस्फोट गराउनुपूर्व इराकको दक्षिण पश्चिममा पर्ने अर्को शहर कार्वालाको सिया समुदायको धार्मिक स्थलमा आक्रमणको प्रयास गरिएको थियो। जसमा चार जना घाइते भएका प्रहरीले जनाएको छ।

आतंककारी समूह आईएसले मुस्लीम समुदायको एक महिने व्रत रमजान सुरु भएदेखि सर्वसाधारणलाई लक्षित गरी आक्रमणलाई तीव्रता दिएको छ। मे ३० तारिखका दिन बग्दादको मध्यभागमा गरिएको हमलामा ४० भन्दा बढी मारिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.