|

सप्तरी : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ।

जिल्ला न्यायाधीश डा‍. राजेन्द्रकुमार आचार्यको इजलासले मंगलबार राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतले जनाएको छ। आरोपितले सात लाख जरिवाना तिर्नुपर्ने र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।

आरोपितले २०७९ मंसिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। आरोपीले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी फरार भएको पीडितले बताएकी थिइन्। 

आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए। सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.