|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनलाई प्रहरी परिसर टेकु लगिएको छ।

आफू गृहमन्त्री हुँदा गृह सचिव रहेका  टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्।  हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.