|

जनकपुर : राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा मंगलवार मसाल जुलुस निकालेका छन्। संविधान संशोधन बिना नै हुन लागेको स्थानीय तहको निर्वाचनको विरोध गर्दै जुलुस निकालिएको हो।

जनकपुरको स्थानीय क्याम्पस चोकबाट निस्केको सो जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसका सहभागिहरुले प्रधानमन्त्री शेरवहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध चर्को नारावाजी गरेका थिए।

मसाल जुलुसमा राष्ट्रिय जनता पार्टीका महासचिवद्वय डा. विजयकुमार सिंह, राजिव झा, केन्द्रिय प्रवक्ता लालकिशोर साह, धनुषा अध्यक्ष मण्डलका संयोजक परमेश्वर साह, संजय सिंह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा, सदाशिव मिश्र, रामजी राय, संजय कुमार चौधरी, सरोज मिश्र, धर्मेन्द्र साह, ज्ञानेन्द्र झा ज्ञानु, महिला नेतृहरु रेणु झा, पूनम झा मैथिली, विभा ठाकुर लगायतको सहभागिता रहेको थियो। राजपाले मंगलबारदेखि जनकपुरसहित थरुहट, मधेस र लिम्बुवान बन्दको घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.