|
फाइल तस्वीर

काठमाडौं : नेपाल वायुसेवा निगमले यही जेठ २९ गते (१२ जुन २०२३) मा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि सुरु गर्ने नियमित उडानका लागि टिकट बुकिङ खुला गरेको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उडान तालिकासहित भाडा पनि सार्वजनिक गरेको छ।

विज्ञप्तिअनुसार निगमले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खोलेको हो। भैरहवाबाट हाल निगमले हप्ताको एक उडान गर्ने र बजारको मागअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउँदै लैजाने योजना रहेको जनाएको छ।

यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाको नागरिक उड्डयन प्राधिकरणका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षहरुमा छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तरराष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था गर्न लागेको पनि जनाएको छ।

त्यसपछि यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्ने निगमको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.