|

रुकुम : जिल्लामा बलात्कार र बालबिबाहका घटनामा वृद्धी भएको छ। इन्सेक रुकुमले सार्वजनिक गरेको प्रतिवेदनमा बलात्कार र बालविवाहका घटना बढेको उल्लेख गरिएको छ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ का लागि पछिल्लो तीन महिनामा जिल्लाभर घटेका मानव अधिकार हननका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा इन्सेक रुकुमले सार्वजनिक गरेको प्रतिवेदनमा बलात्कार र बालविवाहका घटना बढेको उल्लेख छ।
सदरमुकाम खलंगामा एक कार्यक्रम आयोजना गरिएको कार्यक्रममा बलात्कार र बालविवाहका ७ वटा घटना समावेश प्रतिवेदन सार्वजनिक गरिएको हो।

३ वर्षीय बालिकादेखि २९ वर्षीय महिलासम्मलाई बलात्कारमाथि बलात्कार भएका घटना प्रतिवेदनमा समावेश छन्। बालविवाह पनि पछिल्लो समय बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिबेदनका अनुसार केही ठाउँमा अभिभावकले नै बालविवाह गराएका छन् भने केही घटनामा केटाकटी दुबै सहमत भएर प्रेममार्फत बालविवाह गरेका छन्। इन्सेक रुकुम प्रतिनिधि आदर्श केसीका अनुसार अधिकांस बलात्कार तथा बालविवाहका घटनाको मुद्दामा अभियुक्त धरौटीमा रिहा भएका छन्।

त्यस्तै पछिल्लो तीन महिना अवधिमा यसपटक पहिलो चरणको स्थानीय तह निर्वाचनमा पनि मानवअधिकार हननका घटना देखिएका छन्। चुनाव आफ्नो पक्षमा पार्न आक्रमण र झडपका घटना घटेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।

समिक्षा कार्यक्रममा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले मानवअधिकारको पूर्ण रुपमा प्रत्याभुति हुनै नसक्ने भन्दै रुकुमको सन्दर्भमा पनि केही कमीकमजोरी रहेको र आगामी दिनहरुमा सबै मिलेर सुधार गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.