|

दाङ : घरको दलिन खसेर थिच्दा सल्यानमा आमाछोराको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ की २४ वर्षीया सुशीला घर्ती र उनका १८ महिनाका छोरा टीकाराम घर्तीको दलिनले थिचेर बिहीबार बिहान निधन भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एसएसपी ज्ञानविक्रम शाहले जानकारी दिए।

बिहान करिब पौने ७ बजेतिर फुसको छानो हटाएर जस्ता राख्ने क्रममा दलिन खसेर उनीहरुलाई च्यापेको थियो। सुशीला छोरासहित भान्छामा थिइन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.