|

तनहुँ  : बन्दीपुर गाउँपालिका–४ मा पर्ने सिद्धगुफा देशकै ठूलो गुफा मानिन्छ। यो गुफा २०४४ चैत १३ गते  पत्ता लागेको हो।

स्थानीय चन्द्रबहादुर थापा मगर, दुर्गाबहादुर थापा मगर, नरबहादुर थापामगर र नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका तत्कालीन शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत चारजनाले यो गुफा पत्ता लगाएका थिए।

यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति छन्। विभिन्न देवता र पशुपक्षीका आकृति यहाँ देख्न सकिन्छ।

गुफामा समय समयमा साधुसन्त आएर साधना गरी बस्ने गरेका छन्। भगवान् शिवको विशेष पूजा गरिने यो गुफामा साउन महिनामा विशेष मेला लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.