|

तनहुँ  : समुद्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित छ, बन्दीपुर। यसलाई 'पहाडकी रानी' को उपमा दिइएको छ।

तनहुँको डुम्रे बजारबाट करिब ९ किमी दक्षिण-पश्चिममा रहेको बन्दीपुर बजारमा परम्परागत नेवारी वास्तुकला झल्किने घर छन्।

उस्तै बत्ती, घर अनि ढुङ्गा छापेको सडकले यहाँ आउने जोकोहीलाई पनि नेदरल्याण्डसको आम्स्ट्रडम शहरको झझल्को दिन्छ। त्यसले बन्दीपुरलाई नेपालको 'मिनी आम्स्ट्रड' भन्ने गरिन्छ।

नेवार, मगर र गुरुङ अनि विभिन्न जातजातिको जिउँदो जातीय संग्रहालय झैँ लाग्ने बन्दीपुर बजार, स्थानीय स्लेट ढुङ्गा छापिएको बाटोले झनै सुन्दर छ। यो बजारको रात्रिकालिन दृश्य झनै मनमोहक हुन्छ। पर्याप्त बत्ती अनि सुन्दर घरहरूले रातमा पनि बन्दीपुर झलमल्ल हुन्छ।

तनहुँ जिल्लाको पुरानो सदरमुकाम समेत रहेको बन्दीपुर घुम्न आउने पर्यटकका लागि यहाँ सुविधासम्पन्न होटेलका साथै १५ वटा सामुदायिक होम स्टे समेत सञ्चालनमा छन् ।

तस्विरमा बन्दीपुर बजार

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.