|

कास्की : पर्यटकीय नगरी पोखराको अर्को घुम्न छुटाउन नहुने स्थल हो सराङ्‍कोट। सूर्योदय र सूर्यास्तको अनुपम दृश्य देखिने सराङ्‍कोट, समुद्री सतहबाट १५८२ मिटर उचाइमा रहेको छ।

पोखराको लेकसाइडबाट उत्तर तर्फ रहेको सराङ्‍कोट पुग्न लेकसाइडबाट करिब ५ किमीको सडक यात्रा गर्नुपर्दछ। अहिले सराङ्‍कोट पुग्न अन्नपूर्ण केवलकार समेत सञ्चालनमा आइसकेको छ। केवलकारबाट १० मिनेटको अवधिमा सराङ्‍कोट पुग्न सकिन्छ।

यहाँबाट मौसम सफा रहेको बेला अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्रे, लमजुङ हिमाल, हिमचुली लगायत दर्जनौं हिमश्रृङ्खला देख्न सकिन्छ। यहाँबाट फेवातालसहित पोखरा उपत्यकाको पनि राम्रो दृश्य देखिन्छ।

केही तस्वीरहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.