|

दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारले आग्रह गरेको छ।

भारतका गृहमन्त्री राजनाथ सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरेका छन्। “सबै सम्वद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ,” सिंहले भने।

भारतजस्तो प्रजातान्त्रिक मुलुकमा हिंसाले समस्याको समाधान खोज्न असम्भव हुने बताउँदै उनले हरेक विषयको आपसी समझदारीबाट समाधान निकाल्न सकिनेमा जोड दिए। “म दार्जिलिङ र वरपरका क्षेत्रमा बसोबास गर्ने जनतालाई शान्त र जिम्मेवार बन्न अपिल गर्छु,” गृहमन्त्री सिंहले सामाजिक सञ्जलमा लेखेका छन्।

सिंहले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीसँग पनि आइतबार नै कुराकानी गरी दार्जिलिङमा देखिएको अवस्थाका बारेमा थप जानकारी लिएको बताइएका छन्।

“उहाँ (बनर्जी)ले दार्जिलिङमा रहेको अवस्थाबारे मलाई जानकारी गराउनुभयो,” गृहमन्त्री सिंहले जनाएका छन्। सिंहले शनिबार पनि मुख्यमन्त्री बनर्जीसँग कुराकानी गरेको र दार्जिलिङमा शान्ति स्थापना गर्न यथासम्भव कदम चाल्न आग्रह  गरेको जानकारी दिएका छन्। दार्जिलिङका विद्यालयमा बङ्गाली भाषालाई अनिवार्य बनाउने बंगाल सरकारको निर्णयले एकहप्ता देखि अलग्गै राज्य गोर्खाल्यान्डको आन्दोलनको रुप लिएको छ। जसका कारण दार्जिलिङ अस्थिर बनेको छ। जसको नेतृत्व विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले लिएको छ।

आइतबार हजारौं दार्जलिङबासीले प्रहरीको गोलीले मारिएका गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि आन्दोलन झनै उग्र बनेको थियो। शनिबार प्रहरीको गोली लागेर गोर्खा जनमुक्ति मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको थियो। 

शनिबार प्रहरी र जीजेएमका कार्यकर्ताबीच व्यापक झडप भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

सम्बन्धित समाचार: 

नेपालीभाषी माथिको दमनका कारण दार्जिलिङ तनावपूर्ण, राज्य सरकारद्वारा सेना परिचालन

झन् उग्र बन्दै दार्जिलिङ

गोर्खा खण्डको मागमा जन्मियो दार्जिलिङमा गोर्खा एकता मोर्चा

अझै शान्त भएन दार्जिलिङ, गोरखाल्याण्डबाट पछि नहट्ने मोर्चा प्रमुख गुरुङको भनाइ 

दार्जिलिङमा भाषा विवाद बढेपछि उठ्यो गोर्खाल्याण्डको माग

दार्जिलिङ आन्दोलनमा प्रहरीको गोली चल्यो, २ को मृत्यु

गोर्खाल्याण्ड माग गर्दै अनिश्चितकालीन बन्द

दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान, जनजीवन प्रभावित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.