|

कञ्चनपुर : सोमबारदेखि बेपत्ता रहेका कृष्णपुर नगरपालिका–२ बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन्। 

दमाईको शव घरदेखि करिब ५०० मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए। स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए। 

‘खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ’, उनले भने, ‘हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ।’ शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.