|

सुर्खेत : प्रदेश नम्बर ६ को सम्भावित राजधानीका रुपमा चर्चामा पाएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फोहोर व्यवस्थापनको अभावमा दूषित छ। नगरको मूख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि समय–समयमा विभिन्न निकायबाट विभिन्न पहल हुँदै आए पनि बजार क्षेत्रका व्यापारीहरुको मनपरी फोहोर फाल्ने गरेका छन्। जसका कारण नगरक्षेत्र दूषित देखिएको छ। 

तर अब सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा पर्ने बिचबजार क्षेत्रको फोहोर रातीको समयमा उठाइने भएको छ। यही असार १५ गतेदेखि वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा पसलबाट निस्कने फोहोर रातीमा संकलन गर्ने निर्णय भएकोे हो। 

सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बुधबार भएको सरोकारवालाबीचको बैठकले पहिलो चरणमा स्थानीय मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य बजार क्षेत्रमा परीक्षणका रुपमा रातको समयमा फोहोर संकलन गर्ने निर्णय गरेको हो।

अब मुख्य बजारका व्यापारी तथा घरधनीले आप्mनो घर तथा पसलबाट निस्किएको फोहोरजन्य पदार्थलाई ढिलोमा राती ८ बजेसम्म आ–आप्mनो पसल तथा घर अगाडि प्लाष्टिकको थैलोमा पोको पारेर राख्नुपर्नेे छ। यो निर्णय कार्यान्वयनमा आउनुअघि बिहानको समयमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी बजार प्रवेश गर्दा खुल्ला भएका पसलको फोहोर मात्र संकलन हुने गरेको छ।

बन्द भएका पसलका फोहोर जथाभावी रुपमा सडक र नालामा फालिने भएकाले उक्त समस्या अन्त्यका लागि रातिमा फोहोर उठाउने निर्णय सरोकारवालाबीचको बैठकले गरेको हो।  ढिलोमा राती ८ बजेसम्म व्यापारीहरुले संकलन गरेर राखेको फोहरलाई वीरेन्द्रनगरस्थित ‘द ग्रिनसिटी’ का कर्मचारीले संकलन गर्नेछन्। उनीहरुले रातीको समयमा फोहोर संकलन गरेपछि समस्या कम हुँदै जाने अपेक्षा गरिएको छ। 

पहिल्लो समय सञ्चालन गरिएको फोहोर व्यवस्थापन कार्यले बजार क्षेत्रमा ६० प्रतिशत सुधार आएको र वीरेन्द्रनगर नगरपालिकालाई थप सफा र स्वच्छ बनाउन लागि रातिको समयमा फोहोर संकलन गर्ने निर्णय गरिएको  वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए। वीरेन्द्रनगरको फोहोर व्यवस्थापनको क्रमलाई निरन्तरता दिदैँ फोहोर व्यवस्थापनलाई थप वैज्ञानिक र प्रभावकारी बनाउँदै लगिने प्रमुख सुवेदीको भनाइ छ।

यसका साथै, प्रत्येक टोलमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी पुग्ने समय तालिका समेत निर्धारण गर्ने तयारी भइरहेको सुवेदीेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.