|

जुम्ला : बाढीपहिरोले बुजुलीका पोल ढलेपछि  जुम्ला यतिबेला बत्तीबिहिन भएको छ।  

भदौं पहिलो साता वर्षासँगै आएको बाढीपहिरोले जुम्लामा नेशनल ग्रिड अवरुद्ध भएको हो । कालिकोटको तिलागुफा नगरपालिका टिपुरे भीरनजिक बिजुलीको पोल ढलेपछि तीन देखि नेशनल ग्रिड अवरुद्ध भएको  छ।

बिजुली तीन दिनदेखि आपूर्ति नहुदा जुम्ला अन्धकार बनेको छ। जसको प्रत्यक्ष असर विद्यार्थीदेखि कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारण अन्धकारमा बस्नु परेको छ।

चन्दननाथ नगरपालिका– ७ की अतिना रावलले बत्ती नहुँदा अन्धकारमा बस्नु परेको बताउछिन्। विद्युत् आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन्। चन्दननाथ नगरपालिका– ४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले नेसनल ग्रिड पुगेपछि भएको सोलार ऊर्जा बेचे। ‘नेसनल ग्रिड पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो। तर, अहिले नियमित विद्युत् नआउँदा निकै समस्या खेप्नुपरेको छ।’ उनी बताउछन्।

०७८ साउन महिनामा जुम्ला नेसनल ग्रिडसँग जोडिएको हो। दैलेखदेखि कालीकोट र कालिकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि लाइन निकै लामो भएको हुनाले बेला बेला बिजुली आपूर्तिमा समस्या हुने गरेको छ।

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो। कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ। डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको हो।

त्यस्तै कालिकोटको टिमुरेमा विजुलीको पोल ढल्नुका साथै तार चुडिएको हुदा विद्युत अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए। उनले भने मर्मतका लागि टोली परिचालन भएको छ। बर्षाद्सँगै बाढीपहिरो आएकोले मर्मत कार्यमा ढिलाई भई रहेको छ।

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको। ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनिसमय लाग्छ। विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ । तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ उनले भने, ‘अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो । यो निकै कम क्षमताको विद्युत् हो । सहरीकरण बढ्दै गरेपछि बिजुली लोड पनि बढ्दै गएको छ । लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.