|

काठमाडौं : भाद्र कृष्ण अष्टमीको अवसरमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाइन्छ।

यो दिन दिनभर उपवास बसी भगवान् कृष्णको पूजाअर्चना गर्ने र उनको जन्मसमयको प्रतीक्षा गर्ने परम्परा छ। रातभर भजनकीर्तन गरी भोलिपल्ट उत्सव मनाउने पनि चलन छ।

जन्माष्टमी पर्वका अवसरमा नेपाल र भारतस्थित श्रीकृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ। पाटनस्थित कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तस्विरमा हेर्नुहोस्, पाटन कृष्ण मन्दिरको रौनक–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.