|

काठमाडौं : उपत्यकामा धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो। निर्माण व्यवसायी कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीले १७ करोड रुपैयाँको ठेक्कामा यो फ्लाइओभर निर्माणको काम अघि बढाएको  थियो।

चक्रपथ विस्तार आयोजना अन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने ३ क्षेत्रमा फ्लाइओभर निर्माण गरिने योजना थियो।

दुई वर्षभित्र निर्माण सक्ने भनिए पनि डिजाइनमा समस्या देखिएपछि तत्कालका लागि रोकिएको छ। गत माघबाट सुरु भएको काम पाँच महिनाको अवधिमै रोकियो। एकातिर मुख्य लेन नै बन्द हुँदा हजारौं यात्रुले सास्ती खेप्दै आएका छन्। 

६ मिटर उचाइ हुने फ्लाई ओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटर लम्बाइको हुने फ्लाई ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाई ओभरमा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिने जनाइएको छ।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.