|
सौजन्य : नोबेल पुरस्कार समिति

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ।

टीभी स्क्रिन र क्यान्सर उपचारमा प्रयोग हुने प्रविधि ‘क्वान्टम डट’ को खोजीमा योगदान पुर्‍याएबापत वैज्ञानिकहरु मुङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सेई एकिमोभलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा दिने घोषणा गरिएको हो।

क्वान्टम डट्स टेलिभिजन, एलईडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ। ‘क्वान्टम डट’ले शल्यक्रिया गर्दा दिने प्रकाशले ट्युमरका कोषलाई देखिनेगरी उज्यालो पार्ने गरेको छ। सौर्य प्यानलमा पनि ‘क्वान्टम डट’को प्रयोग हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.