पर्वत : बुधबार नवरात्रको चौथो दिन। दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विशेषतः दशैँको बेलामा दर्शनार्थीहरूको निकै बाक्लो भिडभाड हुने बागलुङ भगवती मन्दिरमा बिस्तारै भक्तालुहरूको भीड बढ्दै गइरहेको छ। अष्टमी र नवमीको दिनमा सबैभन्दा बढी दर्शनार्थीहरू पुग्ने गरेको मन्दिरमा नवरात्रका दिनहरू बढ्दै जाँदा बिस्तारै दर्शनार्थीहरूको चाप पनि बढ्दै गइरहेको छ।
बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्धमध्येको एक शक्त पीठ हो। बागलुङ भगवतीको पूजाआजाको लागि देशका विभिन्न स्थानहरू सहित छिमेकी देश भारतबाट पनि दर्शनार्थीहरू आउने गरेका छन्। कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती छ।
पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यारोहण गरेका थिए। उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।