|

खानाको सम्बन्ध मानिसको शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको छ। स्वास्थ्य अनुकुल भएमात्र सन्तुलित जीवनयात्रा चल्छ। मानिसलाई धेरैजसो रोग खानाकै माध्यमबाट लाग्छ। 

अनियन्त्रित खानपानका कारण बोसो र मासु वृद्धि भई विभिन्न रोग लाग्छ। क्यान्सर, मधुमेह र उच्च रक्तचापलगायतका रोग अनियन्त्रित खानपानकै परिणाम मानिएका छन्। खानपानका क्रममा सरसफाइको ध्यान नदिएरै पनि कतिपयको ज्यान जान्छ। 

सनातन धर्ममा अन्न प्राप्त भएको स्रोत, दिने व्यक्ति, भोजन बनेको समय, भोजनको गुण, भोजनको पवित्रता आदि विभिन्न पक्षलाई विचार गर्दै खान हुने वा नहुने वस्तुको निर्धारण गरिएको छ।

खानपानको विषयमा श्रीमद्भागवत गीताको १७ औँ अध्यायमा भोजनको प्रकृति र भोजनअनुसार मानिसको स्वभाव बताइएको छ। आयु, सत्त्वगुण, बल, आरोग्य र मनमा प्रसन्नता बढाउने सात्विक प्रकृतिको भोजन मानिएको छ।

प्रसिद्ध ग्रन्थ महाभारतमा एउटा प्रसंग छ, इच्छामृत्युको वरदान पाएका भिष्म अर्जुनले बनाइदिएको शरशय्यामा हुन्छन्। महाभारतको युद्ध सकिएसँगै पितामह भीष्म धर्मराज युद्धिष्ठिरलगायत नाति, नातिनीबुहारी आदिलाई ज्ञानका उपदेश दिन्छन्।

अपराध कर्मबाट आर्जित भएको अन्नबाट बनेको भोजनबाट मानिसको चित्त पनि त्यही प्रकृतिको हुने हुनाले यस्ताको भोजन निषेध गरिएको छ। मानिसको पाप अन्नमा रहने भएकाले जसले अन्न खान्छ उसले गरेको पापको भागीदार पनि बन्ने आंगिरस स्मृतिमा बताइएको छ। 

पितामहका ज्ञानका उपदेश एकचित्त भएर सुनिरहेका हुन्छन्। तर, पाण्डवपत्नी द्रौपदी भने मन्द मन्द मुस्कुराउँछिन्। कुनै वेला राजसभामा आफू निर्वस्त्र हुन लाग्दा समेत रोक्न नसकेको आफूले अहिले ज्ञानको उपदेश दिएकोप्रति द्रौपदीको मुस्कान लक्षित भएको भीष्मजस्ता ज्ञानी पुरुषले नबुझ्ने कुरा थिएन।

‘त्यतिखेर मैले दुर्योधनको अन्न खाएको थिएँ, जसको अन्न खाएको छ उसको पक्ष लिनु स्वाभाविकै हो’, उनी थप्छन्, ‘दुर्योधनजस्ताको अन्न खाएकाले त्यतिबेला यस्ता दुष्कर्म रोक्नसक्ने सामर्थ्य ममा थिएन।’ 

खानेकुराले मानिसको बोली व्यवहारमा समेत असर पुर्याउने हुनाले नै जे पायो त्यही र जसले पायो उसले दिएको खानेकुरा नखानु भन्ने नीतिशास्त्रको सन्देश छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.