|

जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएको गएको भूकम्पबाटनौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ।

कृषि विकास कार्यालय जाजरकोटका अनुसार ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
 
६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७२५ किलो धानसहित मकै, गहुँ र कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ। 

जाजरकोट भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार १७२ रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५६७ मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन्।

खाद्यान्न भण्डारण गर्न आग्रह

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि संलग्न  हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने चिन्ता छ। खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ। जिल्लाको बारेकोट गाउँपालिका बर्सेनी खाद्यान्न अभाव हुने क्षेत्र हो । जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.