|

काभ्रे : जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न जातका विरुवाहरु गरी करिब ३ लाख वटा विरुवा निशुल्क वितरण गरेको छ। जिल्लाका किसान र उपभोक्ताहरुको आर्थिक उपार्जन र हरीयाली बढाउने उद्धेश्यका साथ विरुवा वितरण गरिरहेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रेम खनालले बताएका छन्। ‘हामीले यही आर्थिक बर्षको मसान्तसम्ममा ३ लाख विरुवा निशुल्क वितरण गर्ने गरी धमाधम वितरण गरिरहेका छौं।’ खनालले भने, ‘यस अवसरलाई सही ढंगले उपयोग गर्न सकेमा किसानले मनग्य आम्दानी बढाउन पाउने अवसर प्राप्त भएको छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, जडीबुटी विकास कार्यक्रम, कबुलियती वन तथा सामुदायिक वन विकास कार्यक्रम र वृक्षारोपन सुधार कार्यक्रमअन्तर्गत किसान र उपभोक्ताहरुका लागि नि:शुल्क रुपमा विरुवा वितरण भईरहेको खनालले बताए। वितरण गरिएका विरुवाहरुमा महत्वपूर्ण प्रजातिअन्तर्गत बोधिचित्त, रुद्राक्ष, बाँस, लोड सल्ला र गैर काष्ठ वन पैदावरअन्तर्गत अलैंचीको विरुवा वितरण भईरहेको छ। उनका अनुसार खुल्ला प्रतिष्पर्धाबाट टेण्डर आह्वान गरी विरुवा जम्मा गरेर किसान र उपभोक्ताहरुलाई वितरण गरिरहेको हो।

विरुवा वितरण गर्ने क्रममा महत्वपूर्ण प्रजातिको विरुवा जिल्ला वन कार्यालयबाट वितरण गरिएको र फलफूल जात (लिची, आँप) लगायतका विरुवा सम्बन्धीत इलाका वन कार्यालयस्तरबाट नै वितरण भइरहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत न्ह्च्छेकृष्ण श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.