|

दाङ : दाङमा जगंलबाट ल्याएर च्याउ खादा एकै परिवारका ८ जना बिरामी भएका छन्। बुधबार राति बिषालु च्याउ खादा तुलसीपुर उपमहानगरपालिका १८ का केशरी बुढाको परिवारका ७ जना बिरामी भएका हुन्।

नजिकैको जंगलबाट ल्याएको च्याउ खादा तुल्सीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशरी बुढा, उनकी ८ वर्षीय छोरी निशा , ५ वर्षीय दीपा, ४ वर्षीय उत्तम जिमाल, बिमल बुढा, ४५ वर्षीय उर्मीला बुढा बिरामी परेका राप्ती अञ्चल अस्पतालले जानकारी दिएको छ। बिरामीमध्ये ७ जना नै बेहोस भएका थिए।

अचेत अवस्थामा राप्ती अञ्चल अस्पताल ल्याइएका उनीहरुलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको राप्ती अञ्चल अस्पतालले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.