|

दाङ : दाङको तुलसीपुरमा रहेको एउटा गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

तुलसीपुर-५ को वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

आगलागी भएको १ घण्टाभन्दा धेरै समयपछि आगो नियन्त्रणमा आएको हो। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको उनले जानकारी दिए।

क्षतिको पूर्ण विवरणसँगै आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.