|

काठमाडौं : माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल हटाउन माग गर्दै  प्रदर्शन भएको छ। शनिबार बृहत नागरिक आन्दोलनले नेपाल आर्ट काउन्सिलअगाडि उभिएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले निषेधित लोकतन्त्र चाहिँदैन, माइतीघरको निषेधाज्ञा खारेज गर्, लोकतन्त्रलाई खुम्च्याउन पाइँदैनलगायत लेखिएका पम्पलेट बोकेका थिए।

पछिल्लो समय माइतीघर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निरन्तर निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाका कारण विभिन्न अभियान्ता तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले यस क्षेत्रमा प्रदर्शन गर्न पाएका छैनन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.