|

दाङ: तुलसीपुरमा रहेको लाइन्स क्लब दाङ क्यापिटलले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तुलसीपुर ८ का हरिबहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ।

क्लबले देश तथा विदेशमा रहेको नेपालीबाट संकलन भएको करिब ८ लाख रकम खड्कालाई बिहीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो। 

क्लबका अध्यक्ष दीपक केसीका अनुसार २०७५ पुस १२ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको थाहा पाएपछि आर्थिक संकलन अभियान शुरु गरिएको थियो।

 उनका अनुसार हालसम्म संकलन भएको ७ लाख ७५ हजार ३५४ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
 
घाइते खड्काले आफू घर जाने क्रममा २०७५ साल पुस १२ गते तुलसीपुरमा रहेको चमीखोलामा दुर्घटनामा परेको बताए। उपचारमा ३५ लाख बढी खर्च भइसकेको छ।  

उनका अनुसार शरीरको आधा भागले काम गर्दैन। उनका अनुसार पूर्ण रुपमा निको हुनको लागि अझै करिब २०/२५ लाख खर्च लाग्ने अनुमान रहेको छ।  

नशाको समस्या भएकले अप्रेसन गरेर मात्र नहुने हुँदा फिजियोथेरापी समेत गर्नुपर्ने भएकाले खर्च बढ्न सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.