|

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ।

आज शुक्बार बसेको संसदीय दलको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता परिवर्तन गरेको हो।

बहुमत प्रदेशसभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए।

धामी यसअघि प्रमुख सचेतक थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेशसभा सचिवालयमा बुझाइएको पनि बताइएको छ। धामी दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उनी सुदूरपश्चिमको पूर्व वनमन्त्रीसमेत हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.