|

काठमाडौं : सत्ता गठबन्धनमा अविश्वास र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ। स्राेतका अनुसार उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। 

तर, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने यसबारे आफूलाई जानकारी नभएकाे भन्दै सूचना चुहाउन चाहेनन्। सत्ता गठबन्धनमा बढ्दो अविश्वास र असन्तुष्टि तथा प्रधानमन्त्री प्रचण्डले साझेदार कांग्रेससँगको सहकार्य फलदायी नभएको सार्वजनिक रूपमै बताउने गरेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

नेपालका कम्युनिष्टहरूको एकता चाहने उत्तरी छिमेकी चीनले नेपालका कम्युनिष्ट पार्टीहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका प्रतिनिधि उतै झिकाएर ‘वाम एकता’कै लागि सल्लाह दिने गरेको बताइन्छ। 

पछिल्लोपटक एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पूर्व-प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत चीन पुगेर आएका थिए।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.