|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा...’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ। तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले आचार्यलाई सम्झिँदै भने।

गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.