काठमाडौं : गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिएको हो।
८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो । उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए।
यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।