|
क्याप्टेन रञ्जन लिम्बु। फोटोः फेसबुकबाट।

काठमाडौं : गोरखाबाट काठमाडौं उडेको फिस्टेल एअरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार भएको दुर्घटनामा हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको नुवाकोटका डिएसपी ऋषिराम पौडेलले पुष्टि गरे। 

दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटको सदरमुकाम विदुरबाट ४० किलोमिटर पूर्व जंगलको बीचमा भेटिएको छ। 

दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जना एकै परिवारका हुन्। बिरामी नवजात शिशुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदै थियो। 

दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बुसहित ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा गोरखाको सिर्दीवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनका ५ दिनको नवजात शिशुको मृत्यु भएको हो।

यस्तै गोरखाकै उहिया गाविस खोर्लाकी लक्ष्मी गुरुङ र गैरसरकारी संस्था फेज नेपालमा कार्यरत निशा तामाङको मृत्यु भएको हो।

'गोरखाबाट उडेपछि सम्पर्कविहीन'

गोरखाको सिर्दीबासबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेको थियो। सिर्दीबासबाट बिहान साढे ११ बजे काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविसको बेतिनी डाँडामा दुर्घटना भएको नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। 

उत्तरी गाविस सिर्दीबासको फिलिमबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको 9NAKA हेलिकोप्टर नुवाकोटमा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.