|

अमेरिकाले पहिलोपटक गाजा क्षेत्रमा खाद्य सामग्री पठाउने भएको छ। विभिन्न देशबाट प्राप्त खाद्य सामग्री अपुग भएको अवस्थामा अमेरिकाले आफ्नो सैन्य जहाजमार्फत् गाजामा खाद्य सामाग्री पुर्‍याउन लागेको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सैनिक जहाजले गाजाको आकाशबाटै खाद्य सामग्री खसाल्ने बताएको बीबीसीले जनाएको छ। यसरी अमेरिकाले गाजामा पठाउने खाद्य सामग्री तयारी अवस्थाको हुने अधिकारीले जनाएका छन्।

गाजामा शुक्रबार खानाको लाइनमा लागेका सयौँ व्यक्तिमाथि इजरायली सेनाले आक्रमण गरेको थियो। ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका थिए।

इजरायली सेनाले  भीड नियन्त्रणका लागि चेतावनीस्वरूप गोली चलाएको तर मानिसको मृत्यु खाद्यान्न बोकेका ट्रकको ठक्करबाट भएको दाबी गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.