|

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजामा आक्रमण जारी राख्ने अडान राखेका छन्। 

गाजामा युद्ध अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताका लागि मध्यस्थ गरिरहेको कतार पनि इजरायलको अडानपछि पछि हटेको छ। 

इजरायलले गाजामा भइरहको खाद्यान्न अभावमा आफूहरूलाई दोष नदिन भनेको छ। उसले दक्षिणमा दुईवटा क्रसिंगमार्फत सहायतालाई अनुमति दिइरहेको बताउँदै खाद्यान्न अभावमा इजरायल दोषी नरहेको बताएको हो। 

यसैबीच हिजबुल्लाहले रकेट प्रहार गरेपछि जवाफमा इजरायलले लेबनानको बालबेकमा आक्रमण गरेको छ। आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ। बालबेक उपत्यका लेबनानी सशस्त्र समूहको गढ हो, जुन लेबनानको सिरियासँगको सीमा नजिक छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.