|

सोलुखुम्बु : विषालु जंगली च्याउ खाँदा सोलुखुम्बुमा चार जना बिरामी भएका छन्। सोलु दुधकुण्ड नगरपालिका ३ तामाखानीमा काठको काम गर्दै आएका उनीहरु विषयुक्त जंगली च्याउ पोलेर खाँदा बिरामी भएका हुन्।

तामाखानीको पिकेखोपको जगंलमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ। बिरामी भएका तीन जना प्राथमिक स्वस्थ्य चौकी तामाखानीमा उपचारपछि घर फर्किसकेका छन्। सोलुखुम्बु जुभिङका नवराज राईको अवस्था भने चिन्ताजनक रहेको तामाखानी स्वास्थ्य चौकीका अहेव नन्दबहादुर घर्तीले बताए।

राईलाई स्वास्थ्य चौकी तामाखानीमा सामान्य उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ। शुक्रबार दिउँसो करिब १२ बजेतिर चारै जनाले च्याउ पोलेर खाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.