काठमाडौं : वसन्तपुरमा हर्षोल्लासपूर्वक होली मनाइएको छ। वसन्तपुरमा मानिसहरू जम्मा भएर हर्षोल्लासपूर्वक होली मनाएका हुन्।
आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ। आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ। एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।